डीएभीलाई १२औं पटक ‘स्टार इन्डिया अवार्ड’
ललितपुर– स्टार इन्डिया ग्रुप २०२० को इन्टरनेशनल एजुकेशनल अवार्ड यस वर्ष पनि डी.ए.भी. विद्यालयले हात पारेको छ । स्टार इन्डिया ग्रुपले डी.ए.भी. शुशील केडिया विश्व भारती उच्च माध्यामिक विद्यालयमा आयोजना गरेको नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एजुकेशन अवार्ड २०२० वितरण समारोहमा सो अवार्ड प्रदान गरेको हो ।
त्यसैगरी, विद्यालयका अध्यक्ष अनिल केडियाले सोहि ग्रुपको वेष्ट लिडरसिप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छिन् । यससँगै स्टार इन्डिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डी.ए.भी. विद्यालयले १२औं पटक हात पार्न सफल भएको हो ।
अवार्ड हात पारे सँगै डी.ए.भी. विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले भारत गौरब रत्न अवार्ड वितरण समारोह डी.ए.भी. स्कुलमा आयोजना हुनु विद्यालयकै लागि महŒवपूर्ण उपलब्धी भएको बताईन् । त्यसैगरी स्टार इन्डिया ग्रुपको इन्टरनेशनल एडुकेशन अवार्डको श्रेय सम्पूर्ण, विद्यार्थी शिक्षक र अभिभावकहरू रहेको बताईन् ।
कार्यक्रममा भारतबाट आमन्त्रित नौं प्रतिष्ठित कलाकारहरूलाई भारत गौरब रत्न अवार्डबाट बिभुषित पनि गरिएको छ । भारत गौरब रत्न अवार्ड २०२०बाट बिभुषित हुने कलाकारहरूको सुचिमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादब, आभा वामबुरकर र सुनिता जमडाडे छन् ।
कार्यक्रमका स्टार इन्डिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतिय दुतावासका कार्यबाहक राजदुत महामहिम डा. अजय कुमारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । स्टार इन्डिया ग्रुपका व्यवस्थापकिय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानव कल्याण र भातृत्वको लागि अध्ययनको केन्द्र रहेको बताए ।
उक्त कार्यक्रममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार नाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष– प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डेलगायतको सहभागिता थियो ।
डी.ए.भी. विद्यालयका अध्यक्ष अनिल केडियाले भारत गौरव रत्न अवार्डबाट बिभुषित कलाकारहरूलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार