हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी
मङ्गलबार, १३ फागुन २०७६, ०७ : २५
हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु भएको छ । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ ।
यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक महत्त्वको यो सुरुङमार्ग सञ्चालनका लागि बागमती प्रदेश सरकारले सक्रियता देखाएको छ ।
हेटौंडा बजारबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित यो सुरुङमार्ग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार