पुनः सोसल मिडियामा एक्टिभ भइन् जायरा वसीमः बताइन्, किन डिएक्टिभेट गरेकी थिइन् अकाउन्ट ?
अभिनेत्रीको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल जायरा वसिमले हालै कुरानसँग सम्बन्धित एउटा ट्वीट गरेकी थिइन् र यसलाई अल्लाहको कहर बताएकी थिइन् । त्यसपछि ट्रोल भएपछि उनले आफ्नो इन्स्टाग्राम र ट्वीटर अकाउन्ट डिएक्टिभेट गरेकी थिइन् । यद्यपि, एकदिन पछि नै जायराले सोसल मिडिया जोइन गरिन् र आफ्नो अकाउन्ट एक्टिभेट गरेकी छिन् ।
उनले सोसल मिडियामा फिर्ता हुँदै आफ्नो अकाउन्ट डिएक्टिभेट गर्ने कारण पनि बताइन् । उनले एक प्रयोगकर्ताको जवाफ दिँदै भनिन्, ‘किनभने अन्य व्यक्ति झैं म पनि मानिस नै हुँ । जब मेरो दिमाग वा म वरिपरिको हल्ला चर्को हुन्छ तब मलाई अन्य व्यक्तिलाई झैं केही कुराबाट ब्रेक लिने अनुमती छ ।’
यी प्रयोगकर्ताले अकाउन्ट किन डिएक्टिभेट गरेको भनेर प्रश्न सोधेका थिए । उनी सोसल मिडियामा फिर्ता भएपछि कतिले उनको स्वागत गरिरहेका छन् भने कतिले आलोचना गरिरहेका छन् ।
बलिउडबाट बिदा लिइसकेकी जायरा सोसल मिडियामा सक्रिय छिन् र उनी धेरैजसो धर्मसँग सम्बन्धित कुराहरु सेयर गरिरहन्छन् । स्मरण रहोस्, जायरा ‘द स्काई इज पिंक’ मा अन्तिम पटक देखिएकी थिइन् र उनले बलिउड छोडेको घोषणा सोसल मिडियामार्फत् दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह