तनहुँमा फेरि थपिए संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो
शुक्रबार, २३ जेठ २०७७, ०८ : ४८
पोखरा – तनहुँमा कोरोना संक्रमित थपिएका छन् । तनहूँको ऋषिङ गाउँपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसअघि पनि तनहूँको ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा बसेका दुई जना ३९ र ४० वर्ष उमेरका पुरुषलाई संक्रमणको पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।
संक्रमित दुवै जनालाई जिल्लास्थित सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
तनहूँमा दुई संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार