शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमवि बैंक विशेष साधारण सभाः कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी १४ अर्व माथि

आइतबार, २१ असार २०७७, १७ : ०९
आइतबार, २१ असार २०७७

काठमाडौं– एनएमवि बैंक लिमिटेडको विशेष साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात  पश्चात बैंकको चुक्ता पुँजी रु. १४ अरव ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड पुग्नेछ ।  साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ । 

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप