मैनालीलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउने तयारी
मङ्गलबार, २७ माघ २०७७, २१ : १७

काठमाडौं । दीर्घराज मैनाली आन्तरिक राजश्व विभागको महानिर्देशक बन्ने भएका छन् । यसअघिका महानिर्देशक विनोदवहादुर कुँवर प्रदेश सचिवको रुपमा सरुवा भएपछि रिक्त महानिर्देशकमा मैनाली पठाउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मैनाली हाल राजश्व अनुसन्धान विभागको महानिर्देशक छन् । सो विभागमा रहेर राजश्व छलीको विषयमा राम्रो काम गरेका उनलाई अर्थ मन्त्रालय अन्तर्गतकै सबैभन्दा शक्तिशाली मानिने यो विभागमा पठाउन लागिएको हो । मैनालीको सरुवाबारे अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी सहमतिका लागि सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सो सहमतिपछि सो प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्रै सो सरुवाको निर्णय कार्यान्वयन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनेटरी प्याड बनाउन छात्रालाई तालिम
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्योः अध्ययन
-
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
-
राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल