स्थानीय तहका कर्मचारी आन्दोलित : कर्णाली सरकारद्वारा वार्ता समिति गठन
सुर्खेत । कर्णालीका स्थानीय तहमा कार्यरत कर्मचारीहरू विगत १५ दिनअघिदेखि आन्दोलनरत छन् । प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (सञ्चालन तथा गठन) ऐन—८१ लाई संशोधन गर्न विधेयक’मा आफूहरूले उठाएका माग सम्बोधन नभएको भन्दै उनीहरू आन्दोलित थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गेटामा धर्ना दिइरहेका उनीहरुले माग सम्बोधन नभएर कामकाजमा नफर्कने बताइरहेका छन् ।यता सरकारले भने १५ दिनपछि वार्ता समिति गठन गरेको छ ।
शुक्रबार मुख्यमन्त्री कार्यालयका कानुन सचिव वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा तीन सदस्य रहने गरी वार्ता समिति गठन गरिएको प्रदेश सचिव धोलकराज ढकालले बताए ।
समितिको सदस्यमा मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्ण प्रसाद खरेल, शाखा अधिकृत दीपेन्द्रकुमार सिंह रहेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विधेयक प्रदेश सभामा दर्ता भइसकेको छ, संशोधन विधेयक उपर प्रदेश सभामा छलफल हुँदा कर्मचारीको वृत्ति विकासको विषयमा छलफल हुने नै छ ।’
साथै स्थानीय सेवा कर्मचारी सञ्जाल प्रदेश समिति लगायत आन्दोलनरत पक्षका प्रतिनिधिसँग समितिको तर्फबाट छलफल तथा परामर्श भएको ढकालले बताए । आन्दोलनरत सम्पूर्ण कार्यक्रम फिर्ता लिएर आफू कार्यरत कार्यालयमा नियमित कामकाजमा फर्कन आग्रह गर्दै वार्ताका लागि सरकारले आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण