गाँजा खेतीलाई मान्यता दिन सांसद खत्रीको माग
मोरङ । कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद् रामकुमार खत्रीले गाँजाखेतीलाई आधिकारिक मान्यता दिन माग गरेका छन् ।प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले गाँजा खेतीलाई मान्यता दिन माग गरेका हुन् ।
गाँजाको खेतीलाई मान्यता दिएर अगाडि बढे मुलुकको विकास र समृद्धिमा लैजान सकिने उनको धारणा छ । ‘आज विश्वका धेरै वटा मुलुकहरूमा गाँजालाई आधिकारिक मान्यता दिएको छ । अमेरिकाको ५० राज्यमध्ये ३३ वटा राज्यमा गाँजा खेती सञ्चालनमा आएको छ । फिनल्याण्ड, नर्वे, डेनमार्क, इजरायल लगायतका मुलुकले गाँजा खेतीलाई मान्यता दिएको छ भने हामीले पनि त्यस दिशामा अगाडि बढाउनु पर्छ,’ उनले भने ।
खत्रीले वर्षाको समय आएको भन्दै प्राकृतिक प्रकोप र बाढीको कारण धनजनको क्षति हुने अवस्थालाई रोक्न सरकारले गरिरहेको तयारीको विषयमा प्रश्न उठाए । ‘जब धनजनको क्षति हुन्छ अनि हाम्रा प्रदेशका जनताहरुले त्रिपाल मुनी टाउको राख्न सक्ने परिस्थिति रहँदैन भने कोशी प्रदेश सरकारले राम राम भनेर बस्न सक्दैन,’ खत्रीले भने, ‘भौतिक पूर्वाधारमा छुट्याइएको विपद् व्यवस्थापनको बजेट किन कार्यान्वयन भएन ।’
उनले दुग्ध विकास संस्थानले ६ महिनादेखि कृषकलाई पैसा नदिएको परिस्थिति रहेको भन्दै यसको समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण