परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
सारांश
- हैटीमा एक महिलाले आपराधिक गिरोहबाट मारिएका परिवारको बदला लिन ४० जना गिरोह सदस्यहरूलाई विष मिसाइएको खाना खुवाइन्।
- महिलाले गिरोहलाई विश्वास दिलाउन निःशुल्क एम्पानाडा बाँडेकी थिइन्, तर खानामा विष मिसाइएको थियो, जसका कारण उनीहरूको मृत्यु भयो।
- घटनापछि महिलाले आत्मसमर्पण गरिन् र आफूले एक्लै योजना बनाएको स्वीकार गरिन्, उनको घर जलाइएको थियो।
हैटी । हैटीकी एक महिलाले आफ्ना केही परिवारका सदस्यहरूलाई आपराधिक गिरोहले मारेपछि बदला स्वरूप ती गिरोहका ४० सदस्यहरूलाई विष हालिएको एम्पानाडा (एक प्रकारको खाना) खुवाएर हत्या गरिन्। हैटी लामो समयदेखि आपराधिक गिरोहहरूको क्रूरता र त्रासको चपेटामा परेको छ ।
धेरै परिवारहरूले तिनको हातबाट ठुलो पीडा भोगेका छन्। डरका कारण अधिकांशले प्रतिरोध गर्ने आँट गरेनन्, तर केहीले भने प्रतिशोध लिने साहस गरेका छन्। पोर्ट–अ–प्रिन्सको केन्सकोफ क्षेत्रमा बस्ने एक महिलाले त्यही प्रकारको साहसिक कदम चालेकी हुन्, जसले आफ्ना परिवारका सदस्यहरूको हत्यामा संलग्न गिरोहका ४० सदस्यहरूलाई विष खुवाएर मारिन्।
पेसाले ‘एम्पानाडा’ बिक्री गर्ने ती महिलाले ‘आफ्नो टोलको सुरक्षा गरेकोमा धन्यवाद’ भन्दै दर्जनौँ गिरोह सदस्यहरूलाई निःशुल्क खाना बाँडिन्। तर, वास्तवमा ती खानामा एक शक्तिशाली औद्योगिक कीटनाशक मिसाइएको थियो।
महिलाले लामो समयदेखि केन्सकोफमा एम्पानाडा बेच्दै आएकी थिइन्, त्यसैले गिरोहका सदस्यहरूलाई शंका लागेन। तर, उक्त दिनको एम्पानाडा खाएको केही मिनेटमै उनीहरूलाई पेट दुख्ने, बान्ता आउनेजस्ता लक्षण देखिन थाल्यो । उपचारको मौका नपाउँदै सबैको मृत्यु भयो।
स्थानीय सञ्चारमाध्यमका अनुसार मारिनेहरू ‘विभ अन्सं’ नामक गिरोहका सदस्य थिए, जुन पूर्व प्रहरी तथा कुख्यात अपराधी नेता जिम्मी चेरीजियर (उर्फ ‘बारबेक्यू’) सँग सम्बन्धित मानिन्छ। घटनापछि बदला स्वरूप आक्रमण हुने डरले ती महिला आफ्नो घर छोडेर हिँडेकी थिइन्, जुन निर्णय सही साबित भयो, किनकि विष खुवाएको घटनापछि उनको घर जलाइएको थियो।
त्यसपछि ती महिलाले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गरिन् र बदला लिनका लागि ४० जना गिरोह सदस्यहरूको विष खुवाएर हत्या गरेको स्वीकार गरिन्। उनले यो योजना एक्लै बनाएको र कार्यान्वयन गरेको दाबी गरेकी छन्। हालसम्म उनीमाथि कुनै आपराधिक अभियोग लागेको छ वा छैन भन्ने जानकारी प्राप्त भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण