शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
आईपीएल

बेंगलुरु फाइनलमा पुग्दा बने यी रेकर्ड

शुक्रबार, १६ जेठ २०८२, ०६ : ३५
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु चौथोपटक फाइनलमा पुगेको छ । बिहीबार पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा पञ्जाबले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य बेंगलुरुले मात्र १० ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।

ओपनर फिल साल्टले अर्धशतक बनाउँदै टोलीको जितलाई सहज बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा ५६ रन जोडे । यस क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

खेलमा बेंगलुरुले थुप्रै रेकर्ड पनि बनाएको छ । हेरौँ तथ्यांकमा बिहीबारको खेल :

  • ६० - रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार पञ्जाब किंग्सविरुद्ध आफ्नो लक्ष्य पूरा गर्दा ६० बल बाँकी थियो । आईपीएल प्लेअफ (वा नकआउट) खेलमा कुनै पनि टोलीका लागि यो सबैभन्दा ठुलो जित हो । यसअघिको रेकर्ड गत वर्षको फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्सको जीतमा ५७ बल बाँकी थियो ।
  • २ - बेंगलुरुले १० वा सोभन्दा बढी ओभर बाँकी रहँदा २ पटक आईपीएल खेल जितेको छ । यसमा बिहीबार पञ्जाब विरुद्धको जित पनि समावेश छ । सन् २०१८ मा, टोलीले तत्कालीन किंग्स इलेवन पञ्जाबलाई ७१ बल बाँकी रहँदा पराजित गरेको थियो । बेंगलुरुसँगको दुई पटकको हार आईपीएलमा पञ्जाब फ्रान्चाइजले १० वा सोभन्दा बढी ओभर बाँकी रहँदा खेल हारेको एक मात्र उदाहरण हो।

401318

  • १०१ - नयाँ चण्डीगढमा बेंगलुरुविरुद्ध पञ्जाबको कुल स्कोर । आईपीएल प्लेअफ (वा नकआउट) मा कुनै पनि टोलीले बनाएको संयुक्त-तेस्रो सबैभन्दा कम स्कोर हो । सबैभन्दा कम स्कोर सन् २०१० मा तेस्रो स्थानको खेलमा डेक्कन चार्जर्सले बेंगलुरुविरुद्ध ८२ अलआउट भएको थियो । त्यसपछि सन् २००८ मा सेमिफाइनलमा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) राजस्थान रोयल्स (आरआर) विरुद्ध ८७ रनमा अलआउट भएको थियो ।
  • १४.१ - पञ्जाबले बिहीबार ब्याटिङ गरेको ओभर । यो आईपीएलमा कुनै पनि टोलीले पहिले ब्याटिङ गर्दा गरेको सबैभन्दा छोटो अलआउट इनिङ्स हो । यसअघिको सबैभन्दा छोटो इनिङ बेंगलुरुले सन् २०१४ मा राजस्थानविरुद्ध १५ ओभरको थियो । समग्रमा, यो आईपीएलमा छैटौँ सबैभन्दा छोटो अलआउट इनिङ्स र प्लेअफ (वा नकआउट) मा सबैभन्दा छोटो अलआउट इनिङ हो ।
  • ९ - बिहीबार सुयश शर्मासहित यस वर्ष प्लेयर-अफ-द-म्याच अवार्ड जित्ने बेंगलुरुका खेलाडीहरूको संख्या । सन् २०१७ मा मुम्बई इन्डियन्सका दस जना खेलाडीले आईपीएल सिजनमा यो अवार्ड जितेका थिए । २००९ मा दिल्ली डेयरडेभिल्सका नौ जना खेलाडीहरू थिए ।

  • २७ - यस सिजनमा नयाँ चण्डीगढमा खेलिएका पाँच खेलमा श्रेयस अय्यरले २७ रन बनाए । उनको ५.४ को औसत आईपीएल सिजनमा शीर्ष सात ब्याट्सम्यानको लागि दोस्रो सबैभन्दा कम हो (न्यूनतम पाँच इनिङ्स)। शाहिद अफ्रिदीले सन् २००८ मा हैदराबादमा ५.२ को औसतमा पाँच इनिङ्समा २६ रन बनाएका थिए ।
  • ५७६ - फिल साल्टले ५७६ बलमा १००० आईपीएल रन पूरा गरेका छन् । केवल दुई ब्याट्सम्यानले मात्र १ हजार रनको कोसेढुङ्गा योभन्दा छिटो पूरा गरेका छन् - आन्द्रे रसेल (५४५ बल) र ट्राभिस हेड (५७५)।
  • ४ - बेंगलुरुले चौथो आईपीएल फाइनलमा स्थान बनाएको छ । यसअघि सन् २००९, २०११ र २०१६ मा त्यहाँ पुगेको थियो। चेन्नई सुपर किंग्स (१०) र मुम्बई (६) मात्र योभन्दा बढी आईपीएल फाइनलमा पुगेका छन् । जबकि कोलकाताले चार पटक उपस्थिति जनाएको छ।

  • १५ मध्ये १५ - सन् २०११ मा प्लेअफ प्रणाली लागू भएदेखि लिग चरणमा दोस्रो स्थानमा रहने टोली १५ पटक फाइनलमा पुगेको छ । बेंगलुरुले यस्तो गर्ने पछिल्लो टोली हो ।
  • १४५ - पञ्जाब-बेंगलुरु खेल १४५ बलसम्म चल्यो, जुन आईपीएलमा संयुक्त रूपमा तेस्रो सबैभन्दा छोटो खेल थियो (छोट्याइएका खेलहरूबाहेक) । सन् २००८ मा वानखेडेमा भएको मुम्बई र कोलकाताको खेल १२५ बलसम्म मात्र चलेको थियो । सन् २०१८ मा इन्दौरमा भएको किंग्स इलेभन पञ्जाब-बेंगलुरु खेल १४० बलसम्म मात्र चलेको थियो ।

ईएसपीएन क्रिकइन्फो

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप