औद्योगिक क्षेत्रको विकासका लागि उद्योगीहरू पनि जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले औद्योगिक क्षेत्रको दिगो विकासका लागि उद्योगी व्यवसायीहरू स्वयं जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
उद्योग सङ्घ मकवानपुरको ४६ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले उद्योगी उद्यमीहरूको संगठन धेरै भएपनि ती सबैले वास्तविक हित नगरेको टिप्पणी गरे ।
मुख्यमन्त्री लामाले सम्पूर्ण उद्योगी व्यवसायीहरूको हकहितमा काम गर्ने एउटा बलियो र साझा सङ्गठनको आवश्यकता औँल्याउँदै अधिकार प्राप्त गर्न उद्योगीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले राज्यले लगानी गरेका केही योजनाबाट अपेक्षित प्रतिफल नआएको उल्लेख गर्दै दुग्ध पाउडर प्लान्ट र शीत भण्डारण केन्द्रमा प्रदेश सरकारले गरेको लगानीले सोचे अनुरूप उपलब्धि हासिल गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले युवाहरूको विदेश पलायन रोक्न ‘स्टार्टअप’ को अवधारणा नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिइन् ।
स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने र व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाउनेतर्फ सरकारले कानुनी सुधार गरेको उनको भनाई थियो । उनले सिन्धुली र नुवाकोटमा नमुना औद्योगिक ग्राम सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिइन् ।
सङ्घका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग सङ्घ मकवानपुरद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । उक्त अवसरमा साना, मझौला र ठुला उद्योग श्रेणीअनुसार शुभ डेरी इन्डस्ट्री प्रा.ली., नेपाल पास्ता फुड प्रा.ली. र नेपाल इकरात इन्जिनियरिङ कम्पनीलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण