आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास

शनिबार, १७ जेठ २०८२, ०० : २१
शनिबार, १७ जेठ २०८२

काठमाडौँ । विद्यालयका छात्रछात्रा र स्थानीयबासीले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको छ । ग्यालेक्सी स्कूलको छात्रावासमा रहेका छात्रछात्रा र वडावासीका लागि भूकम्प र आगलागीका कृतिम घटनामा व्यक्तिको भूमिका, गर्नु पर्ने काम, कामका लागि समूह निर्माण, सञ्चार, खोज तथा उद्धार र सुरक्षित रहने ठाउँको पहिचानको अभ्यास गराइएको हो । 

विपद्को घटनामा कसको के भूमिका हुन्छ र आपसी काम कसरी गर्नुपर्छ भन्ने ज्ञान दिन र सीप प्रदान गर्न कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । 

तत्काल आइलाग्ने घटनाको नजिक हुने व्यक्तिबाहेक छिटो सहयोग अरुले गर्नै सक्दैन । सकेसम्म सहयोग गर्न सक्ने, सहयोग गर्न नसके पनि अज्ञानताका कारण थप जोखिम हुन नदिने अवस्थाका लागि समुदाय स्तरका कार्यक्रमलाई निरन्तरता दिइएको वडा सदस्य मनोज डंगोलले बताए । आपतकालमा व्यक्तिले होइन, संयन्त्रले काम गर्नुपर्छ । व्यक्तिले गरेको प्रयत्न कमजोर र अपुग हुन्छ । यो सन्देश प्रवाह गर्न आवश्यक छ । वडा सचिव देवराज जोशीले, टोलभित्रै विपद व्यवस्थापनको पहिलो काम गर्ने संयन्त्र गर्ने प्रणालीको विकास गर्न खोजेको बताए । 

अभ्यासका क्रममा साइरन बज्न थालेपछी तालिममा रहेका सबै सहभागीहरू दुवै हातले टाउको समाएर आफू बसेको कुर्सीबाट भुइँमा झरेर बसेका थिए । कसैले आफू बसिरहेको कुर्सीले टाउको छोपेका थिए । भूकम्प रोकिएपछि उनीहरु बाहिर खुला ठाउँमा पुगे । त्यस क्रममा हराएका एक व्यक्तिलाई खोजेर स्टेचरको प्रयोगबाट सुरक्षित स्थानमा ल्याउने प्रक्रिया अभ्यास गरिएको थियो । 

अभ्यासमा आगोको प्रकार चिन्ने, प्रारम्भिक अवस्थामा आगलागी नियन्त्रण गर्न आफू नजिक भएका बस्तु तथा सामग्रीको प्रयोग गर्ने, फायर इस्टिङ्ग्वीसरको प्रकार, आगोको प्रकृति अनुसार फायर इस्टिङ्ग्वीसरको प्रयोग छनोट, यसको प्रयोग विधिको सिद्धान्तलाई अभ्यास गराइएको थियो । 

वडाले स्टार सेफ्टीसँगको सहकार्यका तालिम आयोजना गरेको थियो । तालिमका प्रशिक्षकको भूमिकामा उमेरजंग रायमाझी रहेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप