एनआरएनए पोल्याण्डको वार्षिक साधारण सभा सम्पन्न

पोल्याण्ड । एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभामा प्रमुख अतिथि एनआरएनए केन्द्रीय महासचिव डा हेमराज शर्माले प्रवासमा रहेका नेपालीहरुलाई एनआरएनए मेरो संस्था हो भन्ने बनाउन केन्द्रीय समिति आफ्नो मुख्य १० बुँदे कार्ययोजनाका साथ लागेको बताए।
कोभिडको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका १ लाख ७० हजार नेपालीलाई एनआरएनएले बिभिन्न प्रकारको सहयोग गरेको बताए। महासचिव शर्माले स्मार्ट एनआरएनएको सुरुवात भएको छ। एनआरएनहरुले राज्यलाई सहयोग गर्न र राज्यबाट पाउने सुविधा लिन पनि लाग्नु पर्ने बताए।
एनआरएनए यूरोप संयोजक नारायण आचार्य, आइसीसी सदस्य डा वोधराज सुवेदी,प्रवासी नेपाली सम्पर्क मञ्चका संयोजक टंक कटुवाल, नेपाली जनसम्पर्क समिति सभापति डा एलिनी सुवेदी,नेपाली व्यवसायी संघ पोल्याण्डका अध्यक्ष डा उदयदेव आचार्य, एनआरएनए पोल्याण्डका संस्थापक महासचिव तथा पानी अभियन्ता मित्रलाल पार्दै, इनास पोल्याण्ड अध्यक्ष रिता न्यौपाने,पूर्व अध्यक्ष गोपाल राई, गुल्मी समाजका अध्यक्ष प्रकाश तिवारी,शेर्पा समाजका अध्यक्ष सोनाम शेर्पा लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए।
साधारण सभामा एनआरएनए पोल्याण्डले कोरोनाको विषम परिस्थितिमा पोल्याण्डमा रहेका नेपालीलाई गरेको सहयोग, एनआरएनए पोल्याण्डको कार्यालय स्थापना,कोरोना आपतकालीन कोषको निर्माण,पोल्याण्डमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन लगायतका कामहरु गरेकोमा धन्यवाद दिइएको थियो ।
जुम प्रविधिमार्फत भएको साधारण सभा अध्यक्ष नरेश सापकोटाको अध्यक्षता,महासचिब कविन्द्र सुवेदीको सञ्चालनमा भएको थियो भने उपाध्यक्ष जिवन केसीले स्वागत मन्तव्य राखेका थिए। दुई चरणमा गरिएको अधिवेशनको बन्द सत्रले संस्थाको आर्थिक,सांगठनिक प्रतिवेदन पास गरिने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आईपीएलको १८औँ संस्करणमा कसले कुन अवार्ड जिते ?
-
अमेरिकामा ट्रम्पले रद्द गरे आपत्कालीन गर्भपतन निर्देशिका
-
दक्षिण कोरियामा म्युङल जिते राष्ट्रपति चुनाव, मार्सल ल लगाउने येओलको पार्टीले हार्यो
-
नेसपा (नयाँ शक्ति)को झन्डा र लोगो प्रयोग नगर्न रमेश प्रसाद यादवलाई निर्वाचन आयोगले गरायो सचेत
-
कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री ओली