शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

आईपीएलको १८औँ संस्करणमा कसले कुन अवार्ड जिते ?

बुधबार, २१ जेठ २०८२, ०९ : १९
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुले उपाधि जित्यो, फाइनलमा पञ्जाब किङ्सलाई हराउँदै।
  • बेंगलुरुका क्रुणाल पाण्ड्या प्लेयर अफ दि म्याच घोषित भए, उनले उत्कृष्ट बलिङ गरे।
  • विभिन्न विधाका अवार्डहरूमा वैभव सूर्यवंशी, साई सुदर्शन, प्रसिद्ध कृष्णा र सूर्यकुमार यादवलगायत विजेता बने।

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुलाई च्याम्पियन बनाउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण सकिएको छ । बेंगलुरुले मंगलबार राति सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी पञ्जाब किङ्समाथि ६ रनको रोमाञ्चक जित हासिल गर्दै उपाधि कुम्ल्याएको हो ।

सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागिता जनाउँदै आएको बेंगलुरुले जितेको यो पहिलो उपाधि हो । पञ्जाब पनि पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, उपाधिको स्वाद चाख्ने पञ्जाबको सपना यसपटक पनि पूरा हुन सकेन ।

फाइनलमा उत्कृष्ट बलिङ गरेको बेंगलुरुका बलर क्रुणाल पाण्ड्या प्लेयर अफ दि म्याच घोषित भए । उनले चार ओभरमा केवल १७ रन खर्चिएर दुई विकेट लिएपछि बेंगलुरुको जित सम्भव भएको थियो । 

आईपीएलको १८औँ संस्करणमा १४ वर्षीय वैभव सूर्यवंशीले पनि ‘टाटा कर्भ’ गाडी पुरस्कार पाए । उनले सुपर स्ट्राइकर अफ दि सिजन घोषित भएवापत यो पुरस्कार पाएका हुन् । उनले सात खेलमा २०६.५५ को स्ट्राइक रेटमा कुल दुई सय ५२ रन बनाए । 

सनराइजर्स हैदराबादका कामिन्दु मेन्डिसले सर्वोत्कृष्ट क्याचको पुरस्कार हात पारे । गुजरात टाइटन्सका साई सुदर्शनले सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले ‘अरेन्ज क्याप’ अवार्ड जिते । उनले यो सिजनको आईपीएलमा कुल सात सय ५९ रन बनाए ।

गुजरात टाइटन्सकै प्रसिद्ध कृष्णा सर्वाधिक विकेट लिने बलरको सूचिमा पहिलो स्थानमा रहे । उनले ‘पर्पल क्याप’ अवार्ड जित । जारी सिजनको आईपीएलमा प्रसिद्धले कुल २५ विकेट लिए । इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि साई सुदर्शनले नै हात पारे । साईले १० लाख भारतीय रुपैयाँ नगद पुरस्कार र ट्रफी पाए । 

मस्ट भ्यालुएबल प्लेयर अफ दि टुर्नामेन्ट पुरस्कार मुम्बई इन्डियसन्का सूर्यकुमार यादबको पोल्टामा प¥यो । आईपीएलको १८औँ संस्करणमा उनले कुल सात सय १७ रन बनाए । यसवापत उनले १० लाख भारतीय रुपैयाँ र ट्रफी पुरस्कार पाए । 

१८औँ संस्करणका अवार्ड विजेता 

  •  विजेता टोली : रोयल च्यालेन्जर्स बेंगलुरु (२० करोड भारतीय रुपैयाँ र शिल्ड)
  • उपविजेता टोली : पञ्जाब किङ्स (१२ करोड ५० लाख भारतीय रुपैयाँ र शिल्ड)
  • इमर्जिङ प्लेलयर अफ दि टुर्नामेन्ट : साई सुदर्शन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • सपुर स्ट्राइकर अफ दि सिजन : बैभव सूर्यवंशी (टाटा कर्भ कार र ट्रफी)
  • सुपर सिक्सेस अफ दि टुर्नामेन्ट : निकोलस पुरन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • रुपे गो अफ दि फार सिजन अवार्ड : साई सुदर्शन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • ग्रिन डट बल अफ दि सिजन अवार्ड : मोहम्मद सिराज (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • क्यान अफ दि सिजन : कामिन्दु मेन्डिस (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • फेयर प्ले अवार्ड : चेन्नई सुपर किङ्स (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • सर्वाधिक विकेट लिएवापत पर्पल क्याप : प्रसिद्ध कृष्णा (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • सर्वाधिक रन बनाएवापत अरेन्ज क्याप : साई सुदर्शन (१० लाख भारतीय रुपैयाँ र ट्रफी)
  • मस्ट भ्यालुएबल प्लेयर अवार्ड : सूर्यकुमार यादव (१० लाख भारतीय रुपैयाँ र ट्रफी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप