शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

स्टील र आल्मुनियम आयातमा ५० प्रतिशतसम्म कर लगाउने आदेशमा ट्रम्पले गरे हस्ताक्षर

बुधबार, २१ जेठ २०८२, ०८ : ४४
बुधबार, २१ जेठ २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतबाट ५० प्रतिशतसम्म कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । 

यी दुई धातुहरूमा आयात कर बढाइएको मार्चपछि यो दोस्रो पटक हो । बुधबारबाट लागू हुने यी कदमहरू अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने उद्देश्यले लिइएको ट्रम्पले भनेका छन् । 

यी संरक्षणवादी उपायहरू अमेरिका बाहिरका स्टील उत्पादकहरूका लागि धेरै हानिकारक हुन सक्ने आलोचकहरू भन्छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टीलमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत ट्यारिफ लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप