शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

दक्षिण कोरियामा म्युङल जिते राष्ट्रपति चुनाव, मार्सल ल लगाउने येओलको पार्टीले हार्‍यो

बुधबार, २१ जेठ २०८२, ०९ : १०
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा उदारवादी विपक्षी नेता ली जे म्युङ विजयी भएका छन्।
  • पूर्व राष्ट्रपति युन सुक योलले मार्शल ल लागू गरेपछि देशमा राजनीतिक अस्थिरता आएको थियो, जसले निर्वाचन निम्त्यायो।
  • विजेता ली जे म्युङले बुधबार राष्ट्रपतिको रूपमा शपथ लिनेछन् र ५ वर्षको एकल कार्यकाल हुनेछ।

सोल । दक्षिण कोरियामा भएको राष्ट्रपति निर्वाचनमा उदारवादी विपक्षी नेता ली जे म्युङले ठुलो जित हात पारेका छन् । प्रमुख रूढिवादी उम्मेदवार किम मुन सूले पहिले नै आफ्नो हार स्वीकार गरिसकेका थिए । 

पूर्व रूढिवादी राष्ट्रपति युन सुक योलले अचानक मार्शल ल लागू गरेपछि देशमा ठुलो राजनीतिक उथलपुथल भएपछि यो निर्वाचन भएको थियो । पछि युनलाई पदबाट हटाइयो । 

किम मुन सूले स्वीकार गरे हार 
‘म जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे म्युङलाई उनको विजयको लागि बधाई दिन्छु ।’ चुनाव पछिको मतगणना हेर्दै किम मुन सूले पत्रकारहरूलाई भने । मुनको यो भनाइ पछि, ली राष्ट्रपति बन्न लागेको स्पष्ट हुन्छ । यद्यपि यसको आधिकारिक घोषणा हुन बाँकी छ । 

लगभग ८० प्रतिशत मतदानको साथ, यो चुनाव सबैभन्दा बढी मतदान भएको राष्ट्रपति चुनाव मध्ये एक थियो । जनता राजनीतिक अस्थिरतालाई पार गर्न चाहन्थे, त्यसैले यति ठुलो संख्यामा मानिसहरू मतदान गर्न बाहिर निस्के । विजेताले बुधबार राष्ट्रपतिको रूपमा तुरुन्तै शपथ लिनेछन् । यो ५ वर्षको लागि एकल कार्यकाल हुनेछ, कुनै सङ्क्रमणकालीन अवधि हुनेछैन । 

ली जे म्युङ एक समय बाल मजदुर थिए । उनी पहिले ग्योन्गी प्रान्तका गभर्नर र सेओङनाम शहरका मेयर भइसकेका छन् । उनी लामो समयदेखि रूढिवादी प्रणालीका कडा आलोचक हुन् र आर्थिक असमानता अनि  भ्रष्टाचारविरुद्ध कडा अडान लिने कुरा गर्दै आएको छन् । यद्यपि, उनका आलोचकहरूले चाँहि उनलाई आफ्नै वाचाबाट पछि हट्ने पपुलिष्ट र विभाजनकारी नेता मान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप