नेसपा (नयाँ शक्ति)को झन्डा र लोगो प्रयोग नगर्न रमेश प्रसाद यादवलाई निर्वाचन आयोगले गरायो सचेत
सारांश
- निर्वाचन आयोगले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को झण्डा र लोगोको अनाधिकृत प्रयोग नगर्न सचेत गराएको छ।
- यादवले पार्टीको झण्डा र लोगो प्रयोग गरी भ्रम सिर्जना गरेको आरोप लागेको छ।
- आयोगले यादवलाई पार्टीको महासचिव लगायत कुनै पनि पदमा नरहेको जनाएको छ र कानुन उल्लङ्घन नगर्न चेतावनी दिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग नगर्न सचेत गराएको छ ।
रमेशप्रसाद यादव, महासचिव, नेपाल समाजवादी पार्टी भनी हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग गरी जनसारमा भ्रम सिर्जना गरेको पाइएको भन्दै यस्तो कार्य नगर्न आयोगले सचेत गराएको हो ।
'नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नामक राजनीतिक दल मिति २०७८-११-०५ को आयोगको निर्णय अनुसार दल दर्ता नं. १८२ मा दल दर्ता कायम भई दलको नाम, दलको विधान, झन्डा, चिन्ह, केन्द्रीय समितिको विवरण लगायतका विषयहरू अभिलेखीकरण हुँदै आएको आयोगको दल दर्ता किताबमा देखिन्छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने कानुनी व्यवस्था रहेको छ' आयोगले पत्रमा भनेको छ ।
आयोगले थप प्रस्ट पार्दै भनेको छ 'तपाई रमेश प्रसाद यादव नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महासचिव लगायत केन्द्रीय समितिको कुनै पनि पदमा नरहेको आयोगको अभिलेखबाट देखिन्छ । तसर्थ तपाईँले प्रेस विज्ञप्तिको लेटरहेडमा प्रयोग गर्नु भएको लोगो र चिन्ह नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को लोगो र चिन्ह भएकोले उक्त कार्य राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ को विपरीत देखिएकोले जब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गरिन्छ । साथै गरे गराएमा प्रचलित कानुन बमोजिम हुने ब्यहोरा जानकारीको लागि आदेशानुसार अनुरोध छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण