बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

सुतिरहेको अवस्थामा धारिलो हतियारले हानेर हत्या

शुक्रबार, ०७ जेठ २०७८, १२ : १७
शुक्रबार, ०७ जेठ २०७८

मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ ।

सुन्दरहरैचा नगरपालिका–३ लोचनीका  ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले   अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटिएको जानकारी दिए । 

निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

मृतक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका थिए ।

उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले जनाएको छ ।

ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप