चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, ३१ वैशाख २०८२, २२ : ४५
काठमाडौँ । चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
शिलबहादुरमाथि भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण