चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, ३१ वैशाख २०८२, २२ : ४५

काठमाडौँ । चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
शिलबहादुरमाथि भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।