विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । चितवन, पर्सा र कञ्चनपुरमा भएका सवारी दुर्घटना परेर ३ जनाको मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–१ सौराहा चोकस्थित सडकमा ना.६ ख ६२८२ नम्बरको ट्रकले ना.६४ प ४३३ नम्बरको स्कुटरलाई बुधवार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–९ बस्ने २७ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयास्थित सडकमा छप्कैया बजारबाट मालपोत कार्यालयतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई बुधवार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय विशाल ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगन्ज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रहमदेवस्थित सडकमा म.१ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका–८ तिलाचौर बस्ने ४२ वर्षीय नकुल रानाको बुधवार दिउँसो मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण