शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

बुधबार, ३१ वैशाख २०८२, २२ : ३६
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–४ घर भएका शारदा थापा र काठमाडौँ तारकेश्वर नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–७ घर भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् । 

पक्राउमध्ये शारदाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८५ लाख रुपैयाँ र पासाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने  उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–९ बाट बुधबार र पासाङलाई काठमाडौँ तारकेश्वर नगरपालिका–९ बाट मङ्गलवार पक्राउ गरेको हो ।   

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप