१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
बुधबार, ३१ वैशाख २०८२, २२ : ०७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले १ सय दिनभित्र विद्यार्थीहरुको नतिजा प्रकाशन गरिसक्नुपर्नेमा ४ सय दिनसम्म लगाउने गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले २०८० असोज २७ मा परीक्षा समाप्त भएको १ सय दिनभित्रै परीक्षफल प्रकाशन गर्ने निर्णय गरेपनि परीक्षाको नतिजा प्रकाशन गर्न २ सय ४ देखि ४ सय दिनसम्म लागेको देखिएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसरमा भाग लिन असर पर्ने भएकाले तोकिएको समयमा परीक्षाफल प्रकाशन गर्न महालेखाले सुझाव समेत दिएको छ ।
_Rd4mYSZH1Z.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण