‘राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गरेका छन् ।
राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।
विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी सन्देशमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो छ,’ राणाले भने ।
यसैगरी राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले लम्पसारवादलाई स्विकार गर्न नसक्ने बताएका छन् । उनले जातियता र क्षेत्रवादमा विश्वास नराख्ने भन्दै कुनै पनि धर्मको अनादर नगर्ने बरु सबैको सम्मान गर्दै आएको बताए । तर आफ्नो धर्म र संस्कृति माथिको प्रहार लाई कदापी स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक
-
सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?
-
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?
-
सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
६ घर दलित परिवारको बाटो बन्द हुने गरी मन्दिरमा पर्खाल