शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक

मङ्गलबार, २० जेठ २०८२, १३ : ०२
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । 

यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

samsad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप