‘शक्तिशाली’ सहसचिवलाई सीडीओ बनाउन कार्यविधि लत्त्याउँदै गृहमन्त्री
सारांश
- गृहमन्त्री रमेश लेखकले कार्यविधि मिचेर शक्तिशाली सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारीमा खटाएको आरोप लागेको छ।
- कार्यविधि विपरीत 'क' वर्गका जिल्लाबाट अर्को 'क' वर्गमा सरुवा र पहिलो पटक नै 'क' वर्गमा पोस्टिङ गरिएको पाइएको छ।
- यस निर्णयमा सोर्सफोर्सको प्रयोग भएको र अन्य सहसचिवहरूले राम्रो जिम्मेवारी नपाएको गुनासो गरेका छन्।
काठमाडौँ । शक्तिशाली सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउनका लागि गृहमन्त्री रमेश लेखकले कार्यविधि लत्त्याइरहेको पाइएको छ ।
गृहमन्त्री लेखकले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९’लाई लत्त्याएर शक्तिशाली सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारीमा खटाइरहेको पाइएको हो ।
कार्यविधिको भाग ६ को ‘पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार’ शीर्षकको दफा (२) को उपदफा (१) ‘घ’ ‘क’वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारी भइरहेको अधिकृतलाई तत्काल ‘क’ वर्गको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन’ भन्ने वाक्यांश उल्लेख छ ।
तर यस्तो कार्यविधि विपरीत सरुवा हुने सहसचिवमा गणेश अर्याल, धर्मेन्द्र मिश्र र इन्द्रदेव आचार्य छन् । यी सबै ‘क’ वर्गको जिल्लाबाट अर्को ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका हुन् । अर्याल रुपन्देहीबाट पर्सा, मिश्र कैलालीबाट सुनसरी र यादव चितवनबाट मोरङमा सरुवा भएका हुन् ।
रुपन्देहीबाट सरुवा भएर पर्सा पुगेका अर्याल २०८१ कात्तिक १२ गते पर्साको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए । उनी अहिलेसम्म त्यही कार्यरत छन् ।
त्यस्तै मिश्र कैलालीबाट सरुवा भएर ०८१ पुस २६ गते सुनसरीको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए । उनी अहिलेसम्म त्यही कार्यरत छन् । यादव चितवनबाट सरुवा भएर मोरङ पुगेका यादवले ०८१ पुस २४ गते मोरङमा प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर गरेका थिए ।
कार्यविधिमा ‘क’ वर्गका जिल्ला भनेर यकिन गरिएका जिल्ला:

त्यस्तै कार्यविधिको भाग ६ को ‘पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार’ शीर्षकको दफा (२) को उपदफा (१) (क) मा ‘राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रूपमा खटाउँदा अनुसूची बमोजिम ‘ख’ वा ‘ग’ वर्गको जिल्लामा खटाइनेछ’ भन्ने उल्लेख छ ।
तर, दुई शक्तिशाली सहसचिव त्यो प्रावधान लत्त्याएर पहिलो पटक नै ‘क’ वर्गको जिल्लामा पोस्टिङ भएका छन् । सहसचिवमा प्रतिस्पर्धामा नाम निकालेका धर्मराज जोशीको पहिलो पोस्टिङ नै बाँके जिल्लामा भएको छ । बाँके ‘क’ वर्गको जिल्ला हो । जोशी लेखक गृहमन्त्री भएको केही समय निजी सचिव भएर पनि काम गरेका थिए ।
त्यस्तै अर्का शक्तिशाली सहसचिव पौडेलले पहिलो पोस्टिङ नै चितवन पाएका छन् । अहिले गृह मन्त्रालयमा अतिरिक्त समूहमा दर्जनभन्दा बढी सहसचिव छन् । ती मध्येका एक सहसचिवले शक्तिशालीले कार्यविधि लत्त्याएर पनि राम्रा जिल्ला पाइरहेको तर आफूलाई जिम्मेवारी दिउँ न त भन्दा पनि नपाएको गुनासो गरे ।
उनले रातोपाटीसँग भने, ‘यहाँ के कार्यविधि चल्नु, सोर्सफोर्स नै चल्छ । नेताका दाहिना सहसचिवले ‘क’ बाट ‘क’मा प्रमुख जिल्ला अधिकारी पड्काइरहेका छन् । हामी जिम्मेवारी लेऊ न त भन्दा पनि दुई महिनादेखि बरन्डामा थन्किएका छौँ ।’
यसबारे मन्त्रालयका सम्बन्धित अधिकारीले प्रतिक्रिया दिन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण