सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
काठमाडौँ । सशस्त्रमा करिब २ हजार प्रहरी कर्मचारीको बढुवा हुन लागेको छ । सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवलदारसम्म २ हजार जनाको बढुवा हुने गरी सूचना प्रकाशन गरेको छ ।
सशस्त्र प्रहरीको मुख्यालयले साधारण समूहतर्फ वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि सूचना प्रकाशन गरेको छ । सूचना अनुसार १० दिन भित्र बढुवा फाराम भर्न भनिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि समेत बढुवा सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।
प्रकाशित सूचनाअनुसार बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी मूल्याङ्कन फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्नुपर्ने सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण