सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै

काठमाडौँ । सशस्त्रमा करिब २ हजार प्रहरी कर्मचारीको बढुवा हुन लागेको छ । सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवलदारसम्म २ हजार जनाको बढुवा हुने गरी सूचना प्रकाशन गरेको छ ।
सशस्त्र प्रहरीको मुख्यालयले साधारण समूहतर्फ वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि सूचना प्रकाशन गरेको छ । सूचना अनुसार १० दिन भित्र बढुवा फाराम भर्न भनिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि समेत बढुवा सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।
प्रकाशित सूचनाअनुसार बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी मूल्याङ्कन फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्नुपर्ने सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी
-
सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक
-
चलचित्र सम्बन्धी कानुन बनाउँदै बागमती सरकार
-
बजेट कार्यान्वयनमा निर्मम तरिकाले मनिटरिङ र सुपरिवेक्षण गर्छौं : उपाध्यक्ष अधिकारी
-
कर्णाली प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
-
साझेदारी वनमा चरम बेथिति, उपभोक्ता निराश