सरकारी वार्ता टोली र यातायात व्यवसायीबिच सहमति, बन्द फिर्ताबारे अझै अन्योल
सोमबार, १९ जेठ २०८२, २३ : ४८
काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोलीबिचको छलफल पछि सहमतिमा हस्ताक्षर भएको छ।
सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।
स्वाँरका अनुसार संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गरेपछि देशभरको यातायात सञ्चालन सञ्चालन गर्ने सहमति भएको छ। यद्यपि गण्डकी प्रदेशले नियमावली फिर्ता नगरेसम्म आन्दोलन जारी रहने उनले प्रष्ट पारे।
राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायीले देशभरका सार्वजनिक सवारी साधन बन्द गरेका छन्। व्यवसायीहरुले नियमावली स्थगित गरे आन्दोलन तत्काल फिर्ता लिने बताउँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण