बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

सरकारी वार्ता टोली र यातायात व्यवसायीबिच सहमति, बन्द फिर्ताबारे अझै अन्योल

सोमबार, १९ जेठ २०८२, २३ : ४८
सोमबार, १९ जेठ २०८२

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोलीबिचको छलफल पछि सहमतिमा हस्ताक्षर भएको छ।

सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।

स्वाँरका अनुसार संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गरेपछि देशभरको यातायात सञ्चालन सञ्चालन गर्ने सहमति भएको छ। यद्यपि गण्डकी प्रदेशले नियमावली फिर्ता नगरेसम्म आन्दोलन जारी रहने उनले प्रष्ट पारे।

राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायीले देशभरका सार्वजनिक सवारी साधन बन्द गरेका छन्। व्यवसायीहरुले नियमावली स्थगित गरे आन्दोलन तत्काल फिर्ता लिने बताउँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप