प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहित ५ जना पक्राउ
प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।
उनीहरुमाथि अभद्र ब्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो । संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् । सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार