शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा अर्को मंसिरमा आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य

सोमबार, ०४ मङ्सिर २०७४, २१ : ०२
सोमबार, ०४ मङ्सिर २०७४

नेपालगन्ज – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताए ।

आगामी वर्ष नेपालगन्जमा हुने आर्ठाँं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आज यहाँ आइपुगेका सदस्य सचिव विष्टले भने, – ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।’ 

‘हामीलाई अहिले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं’ – उनले भने ।

सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा रु एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि रु ३५ करोड गरी अनुमानित एक रु अर्ब ५९ करोड खर्च हुने आकलन गरिएको सो अवसरमा जानकारी दिए ।

कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँके नेपालगन्जमा, १० खेल बर्दियामा र पाँच खेल दाङमा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप