मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमरेशकुमारका कार्यकर्ताले ढुंगामुढा थालेपछि सर्लाहीमा झडप

सोमबार, २५ मङ्सिर २०७४, १६ : ३१
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं– सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसमा नेपाली कांग्रेस र बाम गठबन्धका कार्यकर्ताबीच झड्प भएको छ । स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको बताईएको छ ।  

सर्लाही–३ मा बाम गठबन्धनका उम्मेद्वार बिजयको नजिक पुगेपछि गठबन्धनका कार्यकर्ता बिजय जुलुस मनाउने तयारी गर्दै गर्दा कांग्रेस निकट युवाहरुले हुलदंगा गरेका थिए । 

कांग्रेस नेता अमरेशकुमार सिंह निकट समुहले ढुंगामुढा गर्न थालेपछी स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक अधिकृतले जानकारी दिएका छन् ।

अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रणमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप