मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त

मङ्गलबार, १८ वैशाख २०८१, १३ : २१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त दुईजना सदस्यमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८ औं बैठकले संस्थापक सेयरधनीको समूहबाट काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगरका कार्की र सर्वसाधारण समूहबाट ललितपुर महानगरपालिका वडा नं.१५ खुमलटारका बलायरलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नवनियुक्त सदस्य कार्की क्लाउड मण्डप प्रा.लि.का प्रतिनिधि हुन् भने बलायर सर्वसाधराण लगानीकर्ताहरुकोतर्फबाट सञ्चालक समितिमा नियुक्त भएका हुन् । 
नवनियुक्त दुई जना सदस्यको जानकारी प्रभु बैंकले धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापितल लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप