प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त
मङ्गलबार, १८ वैशाख २०८१, १३ : २१
काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त दुईजना सदस्यमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८ औं बैठकले संस्थापक सेयरधनीको समूहबाट काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगरका कार्की र सर्वसाधारण समूहबाट ललितपुर महानगरपालिका वडा नं.१५ खुमलटारका बलायरलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सदस्य कार्की क्लाउड मण्डप प्रा.लि.का प्रतिनिधि हुन् भने बलायर सर्वसाधराण लगानीकर्ताहरुकोतर्फबाट सञ्चालक समितिमा नियुक्त भएका हुन् ।
नवनियुक्त दुई जना सदस्यको जानकारी प्रभु बैंकले धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापितल लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण