एमडीएच र एभरेष्टको मसलामाथि छानबिन गर्दै अस्ट्रेलिया

क्यानबेरा । भारतीय मसला निर्माता कम्पनीहरू एमडीएच र एभरेष्टको समस्या कम हुने कुनै संकेत छैन । एक पछि अर्को गर्दै देशहरूले यी दुई कम्पनीको मसलामाथि कडाइ गरिरहेका छन् ।
अब अस्ट्रेलियाको फुड स्ट्यान्डर्ड एजेन्सीले पनि कम्पनीहरूले बनाएको मिश्रित मसलामा विषाक्त तत्त्व भेटिएको मामिलामा छानबिनको घोषणा गरेका छन् ।
सिंगापुर र हङकङले पनि त्यहाँको बजारबाट यी दुई कम्पनीको मसला फिर्ता गर्न आदेश दिइसकेको छ । यस्तोमा अस्ट्रेलियाले पनि यस्तै कदम चाल्ने सम्भावना बढेको छ । हङकङले हालै एमडीएचको तीन वटा मिश्रित मसला र एभरेष्टको फिस करीको विक्री रोकेको छ । सिंगापुरले पनि एभरेष्ट मिक्समा एथालिन अक्साइड उच्च मात्राम भेटिएको भन्दै यो मसला बजारबाट फिर्ता लैजान आदेश जारी गरेको छ ।
यो मामिलाबारे आफूहरूले अन्तर्राष्ट्रिय समकक्षीहरूसँग बुझिरहेको र अस्ट्रेलियामा अगाडि कस्तो कदम चाल्ने भन्ने निर्धारण गर्न संघीय, राज्य र क्षेत्रीय खाद्य नियामकहरूसँग छलफल भइरहेको एक विज्ञप्तिमा एजेन्सीले भनेको छ । अस्ट्रेलियाले घरेलु स्तरमा विक्री वितरण हुने खाने वस्तुमा एथिलिन अक्साइड प्रयोगको अनुमति दिएको छैन ।
प्रभावित सामानहरू बजारबाट फिर्ता गर्न आदेश दिन सकिने बताइएको छ । अमेरिकाले पनि यस मामिलामा छानबिन गरिरहेको छ । पछिल्लो समय युरोप, एसिया र उत्तर अमेरिकामा एमडीएच र एभरेष्ट ब्रान्डका मसलाहरूको उपस्थिति राम्रै थियो । एथालिन अक्साइड मामिलामा मालदिभ्सले पनि हालै एभरेष्ट र एमडीएचका मसलाहरूको प्रयोगमा बन्देज लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे