मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
क्राइम

पर्वतमा दम्पतीको हत्या प्रकरणः सीआईबीद्वारा २ जना पक्राउ

मङ्गलबार, १८ वैशाख २०८१, १३ : ३४
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण बिकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । 

 पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भएको थियो । ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए । 

उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो । लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप