क्राइम
पर्वतमा दम्पतीको हत्या प्रकरणः सीआईबीद्वारा २ जना पक्राउ
मङ्गलबार, १८ वैशाख २०८१, १३ : ३४
काठमाडौँ । पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण बिकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भएको थियो । ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए ।
उनीहरूको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा शव फेला परेको थियो । लुटपाटको उद्देश्यले नै उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण