शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको समानुपातिकः मत कांग्रेस–एमाले हाराहरीमा

सोमबार, २५ मङ्सिर २०७४, १६ : ४२
सोमबार, २५ मङ्सिर २०७४

गुल्मी– गुल्मीको सोमबारबाट गन्न सुरु गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र एमालेको मत हाराहारी जस्तै देखिएको छ ।  क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभातर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि  मत खसेको निर्वाचन अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । 
दिउँसो २ वजेसम्म मुसिकोट नगरपालिका ४ वडा, ईस्मा गाउँपालिकाका ४ वटा वडा र रेसुङ्गा नगरपालिकाका ४ वडा मत गणना सकिएको छ निर्वाचन अधिकृत न्यौपानेले भने अहिले सम्म १०७५८ मत गनिएको छ । उनका अनुसार खसेको उक्त मतमध्ये  रुख चिन्हमा प्रतिनिधी सभातर्फ रुखमा ४३ सय ९९ छ । सुर्यमा ४९ सय ५७ ,  गोलाकार भित्रको हसिया हथौडामा ३ सय ४६ मत खसेको छ । 

त्यस्तै गाई चिन्हमा ६२, छाता २ , गोलाकार भित्रको हलो ६ , हसिया तारा १५ , गिलास १ सय १२ , घर ५ , गोरु गढा ४० , देव्रे आँखा १४ , गाग्री १ , मादल १  । त्यस्तै प्रदेश तर्फ रुख ४१ सय ९२ , सुर्य ४७ सय ६१ , हसिया हतौडा ३ सय ५४ मत खसेको छ । त्यस्तै गाई ६२ , छाता ७ , हलो ७२ , हातले छोपेको मशाल २ , हँसिया तारा १४ , गिलास ९४ , घर २ , गोरु गढा ३० , गाग्री १ , देव्रे आँखा १७ र वस २ मा मत खसेको छ । क्षेत्र नम्वर २ मा कुल मत ५८ हजार ५९ मत खसेको थियो । सदर मत ५५ हजार ८ सय ५१ रहेको थियो । २ हजार २ सय ८ बदर भएका थिए । 

त्यस्तै क्षेत्र नम्वर १ को कालिगण्डकी, चन्द्रकोट र सत्यवतीका ४ ÷ ४ वडाहरुमा गणना भएको प्रतिनिधी सभाका लागि रुखमा ४ हजार  ५२ ,  सुर्यमा ४ हजार १ सय  ९८  र हँसिया हतौडामा १२ सय ८१ मत खसेको  प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । दिउँसो २ वजेर ४५ मिनेट जाँदा सम्म कुल १० हजार ५ सय ९९ गणना  भएको छ ।

त्यस मध्ये ४ सय ९९ मत बदर भएको  न्यौपानेले बताए ।  त्यस मध्ये गाई चिन्ह्रमा ३३ , छाता १ , हलो ११ , हातले छोपेको मशाल १ , हसिया तारा १६ , गिलास १ सय ९९ , मादल १ , घर ७५ , गोरु गढा १३  , देव्रे आँखा २१ , भाले २ मुठी ५० , तराजु १  सय ३ र केराको वोक्रो १ , सतकोण २ , दापसहितको खुकुरी १ , पृथ्वी १ , भुँईकटहर १ , दुई वटा आँखा १ कोदालो चिन्हमा ३  , मोटर साईकलमा १ र करुवा चिन्हमा २  मत परेको छ ।  

प्रदेश तर्फ रुखमा ३७९५ , सुर्यमा ३९५० , हसिया हतौडामा १४५५ मत खसेको छ । गाई ३४ , हलो २० , हातले समाएको मशाल २ , हसिया तारा १३ , गिलास २११ , घर ७७४ , गोरुगाढा ७ , देव्रे आँखा ४ , वस १ , आयतकार हलो ७ , भाले ६, मुठी ३७ , तराजु ८६ , सतकोण ५ , कमलको फुल २ , कोदालो ३ र करुवा चिन्हमा २   मत खसेको छ । समानुपातिक मत पर्सी ३ वजे सम्म सक्ने गरी गणना भएको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप