शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो ‘फायरिङ’

मङ्गलबार, १८ पुस २०७४, २१ : ११
मङ्गलबार, १८ पुस २०७४

चुरामणि अर्याल

कपिलवस्तु – यहाँको बाणगंगा नगरपालिका वडा नम्बर–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराती सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो फायरिङ भएको छ । वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करहरुबीच दोहोरो फायरिङ भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए ।

लालमटिया वनका सदस्यहरुले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा वन उपाभोक्ताहरुको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्करहरुको समूहले फायरिङ गरेको जनाइएको छ ।

सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरु मोटरसाइकल छाडेर भागेको दासले बताए । साथै, आफूहरुले ३० दशमलव १३ क्युफिट गोलिया काठ र ८ ओटा मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए ।

कार्यालयले लु २९ प ३९६०, लु २५ प ६९८९, लु ९ प १५१, लु २४ प ६७९, लु १२ प १२९५, लु २७ प ७३९१, लु १४ प २३३ र लु २८ प ७०८१ नम्बरका मोटरसाइकलहरु बरामत गरेको जनाएको छ । 

तस्करहरुको खोजी कार्य जारी रहेको र पक्राउ गरेर कारबाही अगाडि बढाईने बताए । सो वनले १३७.१७ हेक्टर क्षेत्रफल ओगटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप