नेपाली कामदारलाई कतारले उचित सेवासुबिधा दिन्छः कतारी राजदुत हमर
काठमाडौं– कतारले नेपाली कामदारलाई उचित सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शिष्टाचार भेटगरी नेपालका लागि कतारका राजदुत मोहम्मद अलिअल हमरले नेपाली कामदारलाई उचित सेवा, सुविधा उपलब्ध गराउन कतार सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत हमरले नेपाली कामदारलाई चाहिने दैनिक उपभोग्य बस्तुको आपूर्तिमा कुनै कठिनाई नरहेको पनि जानकारी गराए ।
कतारमा हाल छिमेक मुलुकहरुले नाकाबन्दी लगाएपछि त्यहाँ दैनिक उपभोग्य बस्तुको समेत अभाव हुन थालेको छ । तर राजदुत हमरले नेपाली कामदारका लागि दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन कतार सरकार लागि परेको उल्लेख गरे ।
कतारमा रहेका नेपाली कामदारको अवस्थाबारे राजदुत हमरसँग जानकारी लिइएको उपप्रधान तथा परराष्ट्र मन्त्री महराले जानकारी दिए । उनले कतारको छिमेक राष्ट्रसँगको समस्या वार्ताको माध्यामबाट समाधान हुनुपर्ने नेपाल सरकारको धारणा रहेको पनि उल्लेख गरे ।
भेटमा परराष्ट्रमन्त्री महरा र राजदुत हमरबीच दुई राष्ट्रबीचको आपसी हितका विविध विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’