बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

बुधबार, ३० फागुन २०७४, १३ : ५५
बुधबार, ३० फागुन २०७४

डडेल्धुरा– डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।  बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप