आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २५ वैशाख २०८१, २२ : ००
मङ्गलबार, २५ वैशाख २०८१

आज २०८१ वैशाख २५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • शीर्ष दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नो अडानबाट टसमस नहुने देखिएको छ । यही वैशाख २८ मा बस्ने बजेट अधिवेशनमा संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपासँग गरेको मंगलबारको सामूहिक बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

  • जाँचबुझ आयोग

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गठन गरिएको समितिले आफ्नो राय दिएको छ ।  गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले प्रतिवेदन अध्ययन गरेर राय बुझाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । 

  • शिक्षामन्त्री साक्षी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नो अडानबाट टसमस नहुने देखिएको छ । यही वैशाख २८ मा बस्ने बजेट अधिवेशनमा संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपासँग गरेको मंगलबारको सामूहिक बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

  • नेशनल पेमेन्ट गेटवे

विशेष अदालतले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ । विषेश अदालतले पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको हो ।

  • जसपा विभाजन

माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा गठन भएको ११ महिना नपुग्दै भविष्य अन्योल देखिएको छ । सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै मोर्चा के हुने हो भन्ने प्रश्न खडा भएको हो । 

  • छानबिन समिति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरूबाट प्रक्रिया नपुर्‍याई ऋण लिई अपचलन गरेको आरोप लगाउँदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ ।

  • वैवाहिक बलात्कार

कम उमेरमै विवाह वा बाल विवाहपछि आपसी सहमतिको यौन सम्बन्धलाई पनि अदालतले बलात्कारको परिभाषामा राखेर फैसला गर्न थालेपछि धेरै पुरुष थुना तथा बाल सुधार गृहमा जानुपर्ने अवस्था सिर्जना भइरहँदा सर्वोच्च अदालतले नयाँ नजिर निर्माण गरेको छ ।

  • आममाफी 

लामो समयदेखि श्रीलङ्काको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएका छन् ।

  • श्रम स्वीकृति

वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलले एक घण्टाभित्र श्रम स्वीकृति दिन थालेसँगै सेवा प्रवाह प्रभावकारी हुन थालेको छ । श्रम स्वीकृति लिनका लागि कार्यालयमा संयौँ मानिसको भिड हुने गरेको थियो । तर, हिजोआज कार्यालयमा सेवाग्राहीको भिड अन्त्य भएको छ । अनलाइन मार्फत नै श्रम स्वीकृतिको काम एक घण्टाभित्र हुने गरेको छ ।

  • किसान परिचयपत्र

 नेपालमा लामो समयदेखि किसान परिचयपत्रका बारेमा चर्चा हुँदै आएको छ । किसान परिचयपत्रका लागि सरकारले हालै (नेपाल राजपत्रमा २०८१ वैशाख १० गते प्रकाशित) एक नियमावली ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप