काभ्रेको रोडा–ढुङ्गा उद्योगमा बम आक्रमण, दश करोड क्षति
आइतबार, ०२ वैशाख २०७५, ११ : ००

काभ्रे । काभ्रेस्थित रोडाढुङ्गा उद्योगमाथि अज्ञात समूहले आक्रमण गरेको छ । नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित ब्लु साइन रोडाढुङ्गा उद्योगमा वैशाख १ गते विहान बम बिष्फोष्ट गराउनुकासाथै उद्योगको मेशिन र सवारी साधनमा आगजनी गरिएको छ ।
हातहतियारसहित आएको समुहले उद्योगमा रहेका केही मजदूर र सुरक्षागार्डहरूलाई बाहिर निकालेर बिष्फोट गराएका थिए ।
बम बिष्फोटमा क्रसर मेशिन, तीन वटा स्काइभेटेर र ट्रिपरहरूमा क्षति पुगेको छ । बम बिष्फोटपछि आगलागी भएको थियो ।
घटनापछि बम डिस्पोजल टोलिसहित नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीले घटनाको अवलोकन गरेका थिए । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।
उद्योग संचालक विश्वास कार्कीले आक्रमणबाट दश करोडको क्षति भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या