शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल

पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो

बिहीबार, २५ वैशाख २०८२, २१ : ५८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । पाकिस्तानको आक्रमणको असर जारी आईपीएलमा पनि परेको छ । आक्रमणका कारण धर्मशाला मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रोकिएको छ । 

मैदानका सबै फ्लडलाइटहरू निभेका छन् र त्यहाँबाट सबैलाई खाली गराइएको छ । खेल रोकिँदासम्म पञ्जाबले १० दशमलव १ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको छ । 

प्रभसिमरन सिंह र श्रेयस अय्यर क्रिजमा छन् । प्रियांश आर्य ७० रन बनाएर आउट भए । उनी टी नटराजनको बलिङमा माधव तिवारीको हातबाट क्याच आउट भएका थिए । 

पञ्जाबको १५ अङ्क छ र दिल्लीविरुद्ध जितले ऊ प्लेअफको धेरै नजिक पुग्नेछ । दिल्लीको ११ खेलबाट १३ अङ्क छ । यदि यो खेल हारे ऊ प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप