आईपीएल
पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो
बिहीबार, २५ वैशाख २०८२, २१ : ५८
काठमाडौँ । पाकिस्तानको आक्रमणको असर जारी आईपीएलमा पनि परेको छ । आक्रमणका कारण धर्मशाला मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रोकिएको छ ।
मैदानका सबै फ्लडलाइटहरू निभेका छन् र त्यहाँबाट सबैलाई खाली गराइएको छ । खेल रोकिँदासम्म पञ्जाबले १० दशमलव १ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको छ ।
प्रभसिमरन सिंह र श्रेयस अय्यर क्रिजमा छन् । प्रियांश आर्य ७० रन बनाएर आउट भए । उनी टी नटराजनको बलिङमा माधव तिवारीको हातबाट क्याच आउट भएका थिए ।
पञ्जाबको १५ अङ्क छ र दिल्लीविरुद्ध जितले ऊ प्लेअफको धेरै नजिक पुग्नेछ । दिल्लीको ११ खेलबाट १३ अङ्क छ । यदि यो खेल हारे ऊ प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण