सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गाडी जलायो नेकपाले

आइतबार, ३० वैशाख २०७५, ०९ : ०५
आइतबार, ३० वैशाख २०७५

अमित अग्रवाल

वीरगंज-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा यात्रुबाहक बसमा आगजनी गरेको छ । सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।
शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले वैशाख ३० गतेका लागि नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।
विहानमात्रै सो पार्टीका कार्यकर्ताले धादिङमा भारतीय नम्बर प्लेटको गाडी जलाएको थियो । 

धादिङमा भारतीय ट्रकमा आगजनी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप