शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक बर्षमा महेसपुर छोटी भन्सारको राजस्व पौने ९ करोड

शुक्रबार, ०४ साउन २०७५, १० : ४७
शुक्रबार, ०४ साउन २०७५

परासी–महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले एक बर्षमा पौने ९ करोड रुपियाँ राजस्व संकलन गरेको छ । 
भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷०७५मा कुल ८ करोड ६७ लाख ८६ हजार ४१४ रुपियाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयका अनुसार यो राजस्व रकम अहिलेसम्मकै धेरै हो ।
उठाएको राजस्वमध्ये पैठारीतर्फ ४करोड ४८ लाख ४८ हजार ६८८, कृषि सुधार शुल्कतर्फ ६८ लाख ४४ हजार ४४, सेवा दस्तुरतर्फ १३ लाख ७१ हजार ५सय, अन्तशुल्क तर्फ ७ लाख ९१ हजार २८०, मुल्य अभिबृद्धि कर तर्फ ३द्द लाख ९३ हजार ९०२ रुपियाँ रहेको छ ।
कार्यालयले गत आर्थिक बर्ष ५ करोड ८९ लाख ६२ हजार ८७८ रुपियाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुल्नामा यसवर्ष कार्यालयले २ करोड ७८ लाख २३ हजार ५३६ रुपियाँ बढि राजश्व संकलन गरेको छ । विगतका वर्षहरुमा जिल्लामा भैरहको चोरी तस्करीलाई नियन्त्रणमा लिन थालिएपछि राजस्व बढेको कार्यालयको अनुमान छ ।
महेसपुर भन्सार भैरहवा भन्सार कार्यालयको मातहतमा संचालन रहेपछि महेसपुर नाका जिल्लाको मुख्य नाकाको रुपमा स्थापित छ । यो नाका साउन १ गतेदेखि मुल भन्सारको रुपमा स्तरउन्नती भईसकेपनि अझै कायान्वयनमा आएको छैन । जिल्लामा विषुनपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी गरि अझै ४ वटा छोटी भन्सार कार्यालयहरु छन् । तर यि नाकाहरुबाट मालसमानहरुको निकासी पैठारी हुदैन । यि नाकाहरुबाट मोटरसाईकलहरुको सुविधा काटने काम गरिदै आइएको महेसपुर भन्सार कार्यालयले जनाएको छ ।    
महेसपुर नाकाबाट बिशेषगरी चामल, खाद्यान्न, कपडा लत्ता, कागज, भाँडाकुडा, फुटकर घरायसी सामान, हार्डवेयर, राँगा भैसी, र अस्थायी सवारी साधानको निकासी पैठारी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप