बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सीको आरोपमा बुहारीद्वारा सासुको हत्या

शनिबार, १६ भदौ २०७५, १५ : ४८
शनिबार, १६ भदौ २०७५

दाङ– बोक्सीको आरोपमा दाङको तुलसीपुरमा बुहारीले सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

तुलसीपुर उपमहागनरपालिका ९ र्की ६९ वर्षीय  खोपी रावतलाई बुहारी  टंकी रावतले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । 

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको  र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । 

 धामीझाँक्रीलाई हेराउँदा  घरमै बोक्सी भएको भने पछि  आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । 

बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रनाउ सापकोटाले जानकारी दिए । 

 झारफुक गर्न जाने भन्दै घरबाट निस्केपनि घर नफर्किएपछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा  इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप