उपनिर्वाचनले कांग्रेसको दम्भलाई अन्त्य गरेको छ : हरिबोल गजुरेल
_SADD8Jlyjj.jpg)
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं केशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उपनिर्वाचनको रुझानले कांग्रेसको दम्भ अन्त्य गरेको बताएका छन् । इलामको चुनावी परिणाम सन्तोषजनक रहेको भन्दै चुनावअघि कसैसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई धक्का लागेको प्रतिक्रिया दिएका हुन् ।
‘कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन गर्दैनौँ एक्लै लड्ने तागत छ भनेर जुन दम्भ देखाएको थियो । बेमौसमी बाजा बजाएको थियो, अहिले महासमिति बैठकमा प्रस्ताव गर्नुपर्ने आवश्यक थिएन । चुनावी परिणामले पर्दाफास गरेको छ’, चुनावी परिणामबारे मंगलबार रातापार्टीसँग उनले भने ।
चुनावी रुझानको सन्देश वामपन्थीबिचको एकतालाई बलियो बनाउन मद्दत गरेको विश्लेषण गरे । माओवादीको समर्थन नभएको भए इलाममा निर्वाचन जित्न मुस्किल पर्ने भन्दै गजुरेलले समग्रमा वामपन्थी जनमत राम्रो देखाएको बताए । तर बझाङमा अपेक्षाकृत नतिजा माओवादीले निकाल्न नसकेको उनले स्वीकारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार