उपनिर्वाचनले कांग्रेसको दम्भलाई अन्त्य गरेको छ : हरिबोल गजुरेल
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं केशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उपनिर्वाचनको रुझानले कांग्रेसको दम्भ अन्त्य गरेको बताएका छन् । इलामको चुनावी परिणाम सन्तोषजनक रहेको भन्दै चुनावअघि कसैसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई धक्का लागेको प्रतिक्रिया दिएका हुन् ।
‘कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन गर्दैनौँ एक्लै लड्ने तागत छ भनेर जुन दम्भ देखाएको थियो । बेमौसमी बाजा बजाएको थियो, अहिले महासमिति बैठकमा प्रस्ताव गर्नुपर्ने आवश्यक थिएन । चुनावी परिणामले पर्दाफास गरेको छ’, चुनावी परिणामबारे मंगलबार रातापार्टीसँग उनले भने ।
चुनावी रुझानको सन्देश वामपन्थीबिचको एकतालाई बलियो बनाउन मद्दत गरेको विश्लेषण गरे । माओवादीको समर्थन नभएको भए इलाममा निर्वाचन जित्न मुस्किल पर्ने भन्दै गजुरेलले समग्रमा वामपन्थी जनमत राम्रो देखाएको बताए । तर बझाङमा अपेक्षाकृत नतिजा माओवादीले निकाल्न नसकेको उनले स्वीकारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण