दक्षिण कोरियाको निर्यातमा वृद्धि
सियोल । स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
बैंक अफ कोरियाका अनुसार निर्यात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ र यो वृद्धि गत वर्षको सेप्टेम्बरदेखि जारी छ ।
मात्राको सन्दर्भमा अर्धचालकसहित कम्प्युटर, इलेक्ट्रोनिक र अप्टिकल उपकरणहरूका लागि आउटबाउन्ड ढुवानी मार्चमा वार्षिक आधारमा १४ दशमलव तीन प्रतिशतले बढी लगातार आठौँ महिनामा बढ्दो प्रवृत्तिमा देखिएको छ ।
कपडा, प्राथमिक धातु उत्पादन र मेसिनरीका लागि निर्यात मात्रा दोहोरो अङ्कमा घटेको छ । गत वर्षको समान महिनाको तुलनामा मार्चमा निर्यात मूल्य सूचकाङ्क एक दशमलव एक प्रतिशतले बढेको छ ।
आयात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा नौ प्रतिशतले घटेको छ । औद्योगिक र उत्पादनहरूको कम मागका कारण लगातार नवौँ महिनामा गिरावटको गति कायम राखेको छ ।
आयात मूल्य सूचकाङ्क गत महिना १३ दशमलव दुई प्रतिशतले घटेर लगातार १३औँ महिनामा गिरावटको प्रवृत्ति कायम छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण