मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, १८ वैशाख २०८१, २१ : ५१
मङ्गलबार, १८ वैशाख २०८१

आज २०८१ वैशाख १८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • अदालतको आदेश

सोमबार सर्वोच्च अदालतले ‘सिधा कुरा’ अनलाइनले प्रकाशित गरेको समाचार तथा भिडियो २४ घण्टाभित्र ‘डिलिट’ गर्न आदेश दियो । सर्वोच्चको यो आदेशसँगै दुईथरी मत देखिएका छन् । कुनै मिडियाले उठाएको विषयमा अनुसन्धान नै नगरी समाचार ‘डिलिट’ गर्न लगाउनु र सो विषयमा थप लेख्न रोक लगाउने सर्वोच्चको आदेश प्रेस स्वतन्त्रताको खिलाफमा रहेको र भोलिका दिनमा यस्तो आदेश आउने हो भने भने ‘.....काल पल्क्यो’ भनेर बुझ्नुपर्ने टिप्पणी गरेका छन् ।

  • उपनिर्वाचन

वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ दुवै स्थानमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा अन्य उम्मेदवारले भने जमानत पनि जोगाउन सकेनन् । 

  • उपनिर्वाचनको सन्देश

२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता दुई मुख्य दलका बलियो सङ्गठनलाई भत्काउँदै काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका थिए । त्यसैगरी धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उम्मेदवार हर्क साम्पाङमात्रै उदाएनन्, नेपाली राजनीतिमा एउटा नयाँ बहस पनि सतहमा आयो– वैकल्पिक राजनीतिक शक्ति ।

  • किन हार्‍यो कांग्रेस ?

 प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि वैशाख १५ मा सम्पन्न उपनिर्वाचन सुखद रहेन । इलाम–२ र बझाङ प्रदेश सभा–१को परिणाम नेकपा एमालेको पक्षमा रह्यो । दुवै ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको कांग्रेस एमालेसामु नतमस्तक भएको हो ।

  • लगानी सम्मेलन

तीव्र आकाङ्क्षासहित सरकारले गरेको तेस्रो लगानी सम्मेलन सोमबार सम्पन्न भएको छ । करिब ८० देशका २ हजारभन्दा बढी व्यवसायी प्रतिनिधि सहभागी भएको भनिएको दुई दिने सम्मेलनमा अपेक्षा गरे अनुरुप खासै सफलता हात लाग्न सकेन ।

  • ठगी

विदेश पठाउने नाममा ४ सय २२ जनालाई ठगेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–४ घर भएका ३१ वर्षीय रमेश बयलकोटी उर्फ जीवा गौतम र कालिकोटको छाप्रे–६ घर भएका २७ वर्षीय दर्शन नेपाली छन् ।

  • वनमा डढेलो

ललितपुरको गोदावरी नगरपालिकास्थित तपेश्वर सामुदायिक वनमा यति बेला डढेलो लागिरहेको छ । उक्त डढेलो लेलेको जंगलमा समेत फैलिएको छ ।

  • पहिचानवादी उत्साहित

 ‘इलाम गएँ भने म एक पैसा पनि खर्च गर्दिनँ, पानी पनि बरू बोकेर जान्छु.... म इलामे भनेपछि नाम लिन्न,’ राप्रपाका कार्यकर्ता पर्शु सुवेदीले इलामको उपनिर्वाचन लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् ।

  • बालुवाटारबाट आए, अर्थमन्त्री विरुद्ध लागे

सधैँ आकर्षक पद प्राप्त गरिरहेका ‘भाग्यमानी’ सचिव मधुकुमार मरासिनीले फेरि एक पटक अप्रत्याशित रूपमा शक्तिशाली पद आर्जन गरेका छन् ।

  • बिरामीको चाप बढ्यो

 गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दो छ । हाल तराईमा तातो हावा चल्ने र ‘लु’ लाग्ने उच्च सम्भावना छ । जलवायु परिवर्तनका कारण तातो हावा चल्ने, वायु प्रदूषण हुने, उच्च तापक्रम हुने जस्ता समस्या देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप