राजेशपायलले भने– मलाई गाली गर्नुस्, तपाईँको चुलो चाँहि बल्नुपर्यो
काठमाडौँ । गायक राजेशपायल राईले आफूलाई गाली गर्दा कसैको चुलो बल्छ भने त्यो सहन तयार रहेको बताएका छन् । आफू प्रसंसा भन्दा पनि सुझावको भोके रहेको उनको भनाई थियो ।
‘तपाईँहरूको तालीले म हौसला प्राप्त गरेर अझै अगाडि राम्रो काम गर्न सफल हुन्छु’, राईले भने, ‘मैले केही बिगारेको छु । तपाइको गाली छ भने त्यो गल्ती सच्याएर आम माफी माग्दै अगाडि बढ्छु ।’ आफू सुझावको भोको रहेको उनले सुनाए ।
मंगलबार काठमाडौँको एक स्टुडियोमा गीत रेकडिङको क्रममा रातोपाटीसँग ठोकिएका राईले एक समय आफूलाई युके, अमेरिका र क्यानडाले भिसा नदिएको किस्सा सुनाउँदै अहिले आफ्नो कारणले यी देशमा कलाकारलाई भिसाका लागि सजिलो भएको बताए ।
‘धेरै कलाकार अमेरिका बाहेकको सपना देख्दैनन् । मेरो भने अमेरिका डेस्टिनेशन मात्र हो’, राईले अगाडि थपे, ‘म २६ पटक हङकङ, १५ पटक साउथ कोरिया, ११ पटक अमेरिका पुगिसके ।’ गीतसंगीत र आफ्ना लागि नेपाल बाहेकको उपयुक्त देश अर्को नरहेको उनको धारणा थियो । उनी भन्छन्, ‘म थुप्रै देश पुगिसके । तर कहिल्यै विदेश बसौँ भन्ने लागेन ।’
राई पछिल्लो समय वर्ल्ड टुरमा पनि छन् । सोही सिलसिलामा भर्खर कतार, साउथ कोरिया, मकाउ र इराक कार्यक्रम गरेर फर्किएका राई अव ओमन, साइप्रस, दुबई लगायत देशको यात्रामा निस्कने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण