शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखापत्र संस्थानमा राई र भट्टराईको नियुक्ति

बिहीबार, २७ मङ्सिर २०७५, २२ : ५३
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– सरकारले गोरखापत्र संस्थानमा पत्रकार टीकाराम राई र अधिवक्ता कुमारप्रसाद भट्टराईलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले  मोरङका राईलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धी मामला हेर्ने गरी विज्ञ सल्लाहकार र काभ्रेपलाञ्चोकका भट्टराईलाई कानूनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

राई गोरखापत्र संस्थानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न बनेको समितिका सदस्य हुन्।  रेडियो सगरमाथाको पूर्वस्टेशन म्यानेजर  उनीसँग नेपाल वातावरण पत्रकार समूहको कार्यकारी निर्देशकको रुपमा काम गरेको अनुभव पनि छ । 

यसैगरी मुलुकी ऐन (अपराध) संहिताको प्रेस तथा अभिव्यक्ति स्वतन्ता अध्ययन कार्यदलको सदस्य रहेका उनी राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन गर्न बनेको उच्चस्तरीय समितिमा मिडिया विज्ञ समेत  रहेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप