‘नेपाल आइडल–लाइभ इन सिड्नी’ सम्पन्न
सिडनी– रियालिटी शो नेपाल आइडल सिजन–२ बिजेता रवि ओड सहित टप ६ को ‘लाइभ इन सिड्नी ’ कार्यक्रम शुक्रवार भब्यरुपमा सम्पन्न भएको छ ।
नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको कार्यक्रममा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ गायक–गायिकाहरुले प्रस्तुति दिएको नेपाली टचका फाउनडर दिपेश पुनले जानकारी दिए ।
कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले‘ पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ लगायत ४, ५ प्रस्तुति दिएका थिए । यस्तै बिक्रम बरालले ‘सालैजू’ लगायत ४–५ वटा प्रस्तुति दिएका थिए ।
त्यस्तै सुमित पाठक अस्मिता अधिकारी, अमित बराल र पवन गिरीले पनि आ–आफ्नो बेजोड प्रतुति दिए ।
सो क्रममा सिडनीका स्थानीय कलाकारहरु सुगम जोशी, सुबास जे खरेल र सुमेश मानन्धरलगायतले प्रस्तुती दिएका ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’