शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

बुधबार, ०८ फागुन २०७५, १६ : ५९
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतद्धय तिल बहादुर गुरुé तथा गोविन्द बहादुर राउतको उपस्थिती रहेको  थियो ।

सोही अवसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले आइएमई जनरल इन्स्योेरेन्संगको सहकार्यबाट दुवै संस्थाका ग्राहकहरुले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने हुनाले आफूलाई असाध्यै खुशी लागेको र निकट भविष्यमानै अन्य सेवाहरुमा पनि क्रमस हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी पनि  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप